गुल्मीको खर्ज्याङ्ग बाढी अपडेट: गोठमा रहेका दुई बाख्रा मरे

भदौ २ , गुल्मी ।

वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रा मरेका छन् ।

हावाहुरीसहित आएको पानीले मकैवालीमा समेत क्षती पुर्‍याएको छ ।

वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *