![](https://i0.wp.com/sfm.com.np/wp-content/uploads/2024/02/427867677_367282789491508_9052148724238293141_n-scaled.jpg?resize=1110%2C599&ssl=1)
फाल्गुन ६ गुल्मी:
रेन्बो इङ्लिस बोर्डिङ स्कुल रुरुक्षेत्र ४ बलेटक्सार गुल्मीले बिद्यार्थीहरुलाई कपासको बत्ती कात्ने तालिम दिएको छ ।
![](https://i0.wp.com/sfm.com.np/wp-content/uploads/2024/02/427882563_367281776158276_8792752621233771042_n.jpg?resize=1024%2C683&ssl=1)
स्कुलले बिद्यार्थीलाई पढाईसंगै जीवनोपयोगी सीप सिकाउने उद्देश्यले बिधालयमा अध्ययनरत कक्षा ४ देखी १० कक्षासम्मका बिद्यार्थीलाई तालिम प्रदान गरेको हो ।
![](https://i0.wp.com/sfm.com.np/wp-content/uploads/2024/02/427861690_367282142824906_7750076658503325606_n.jpg?resize=1024%2C683&ssl=1)
कपासको बत्ती कात्ने तालिमले बिद्यार्थीलाई काममा केन्द्रीकृत हुन समेत सिकाउने अपेक्षा लिएको स्कुलका प्रधानाध्यापक योजन खत्रीले बताउनुभयो ।
उक्त तालिम बिद्यार्थी र अभिभावकको अनुरोधमा संचालन गरिएको थियो ।
![](https://i0.wp.com/sfm.com.np/wp-content/uploads/2024/02/427739864_367282379491549_1849767296402144126_n.jpg?resize=1024%2C683&ssl=1)
तालिममा स्कुलका शिक्षकहरु यज्ञ प्रसाद ज्ञवाली , अन्जु खत्री , तेजमाया ज्ञवाली ,शान्ती ज्ञवाली , रामु पौड्याल , शान्ता अधिकारी र राम प्रसाद ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।
![](https://i0.wp.com/sfm.com.np/wp-content/uploads/2024/02/427740043_367282102824910_2558682691196930088_n.jpg?resize=1024%2C683&ssl=1)
यसैबीच कक्षा १ देखी ३ कक्षा सम्मका बिद्यार्थीले रुरुक्षेत्र गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको अवलोकन गरेका थिए ।
![](https://i0.wp.com/sfm.com.np/wp-content/uploads/2024/02/427886712_367285016157952_7076595070549710893_n.jpg?resize=1024%2C768&ssl=1)