साबित्रा पौडेल, पुष २ गुल्मी।
गुल्मीमा १० दिनदेखि हराइरहेका पाचँ बर्षिय बालक घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका छन।
जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका पाचँ बर्षिय दृष्टिविहीन
बालक ईश्वर खत्री यहीँ मंसिर २२ गते बिहान आफ्नै घरबाट खेलिरहेको समयमा अचानक हराएका थिए।
त्यसपछी,उनको खोजी भईरहेको थियो।
खोजी गर्ने क्रममा उनी घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका हुन।
उनी मृत फेला परेको थाहा पाईसकेपछी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेसहितको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाको बारेमा अनुसन्धान भईरहेको छ।
यसअघी केही दिन पहिले घर नजिकै उनको चप्पल फेला परेको परिवारले जनाएको छ।