
पुष २, गुल्मी।
गुल्मीको रेसुङ्गा नगरपालिका ७ मा बोका चोरेको आरोपमा प्रहरिले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका ७ का २३ वर्षका विरेन्द्र परियार र अर्का एक जनाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।
उनिहरुले रेसुंगा नगरपालिका वडा नम्बर ५ का ५२ वर्षीय विष्णुकुमारी जोगीको खोरबाट २२ किलोको बोका चोरेको र बोकालाई काटेर केही मासु खाएको तथा केही बिक्री गरेको गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
उनीहरू माथी जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो