साबीत्रा पौडेल, मंसिर १ गुल्मी।
गुल्मीमा ९० बर्षदेखी लाग्दै आएको सत्यवती सांस्कृतिक तथा प्रयटन मेला यसबर्ष पनि लाग्ने भएको छ।
साकटेक नेपाल र प्रगतिशील समाज क्वाङ, सत्यवती गाउँपालिका ३ ठूलाेलुम्पेक गुल्मी को आयोजनामा मेला लाग्ने भएको हो। यहीँ मंसिर ७ गतेदेखी ११ गतेसम्म लाग्ने मेलामा भलिबल प्रतियोगिता, विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
कार्तिक शुक्लपक्षको पुर्णिामाको दिन सत्यवती बज्यैको मन्दिर विहान ३ बजे देखि दिनभरी खुल्ला रहने छ।
यस्तै, भलिबल प्रतियोगिता यहीँ मंसिर ७ गते बिहान ११ बजेदेखी सुरु भई मंसिर १० गतेसम्म सन्चालन हुने आयोजकले जनाएको छ। भलिबल प्रतियोगिताका लागि दर्ता शुल्क नगद रु. ३,००० लाग्ने र यहीँ मंसिर ६ गतेभित्र आफ्नो टिम दर्ता गराई सक्नुपर्ने पनि आयोजकले जनाएको छ।
प्रतियोगितामा बिजेता हुनेले नगद ३५,००० र उपबिजेताले नगद २०,००० तथा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गर्नेछन।
साथै बृहद सांस्कृतिक कार्यक्रम मंसिर ११ गते बिहान ९ बजेदेखि हुनेछ।