दिपा पन्थ, पौष १ गुल्मी :
स्वर्गीय जिवन बावु पन्थको सम्झनामा स्थापना भएको अक्षय कोषको रकम मैनडाँडा माध्यमिक विद्यालय छत्रकोट ३ हर्दिनेटा गुल्मीलाई आज आइतबार हस्तान्तरण गरिएको छ ।
गत वैशाख २५ गते सडक दूर्घटनामा परी मृत्यु हुनु भएका पन्थको सम्झनामा नव प्रगतिशील युवा क्लव छत्रकोट ३ धरमपानीको तर्फबाट मैनडाँडा माध्यमिक विद्यालयमा करिव १ लाख बराबरको “जिवन बावु स्मृति अक्षय कोष” स्थापना गर्ने घोषणा भए अनुसार अक्षय कोषको रकम रु.एक लाख ६९ हजार (१,६९,००० /- )को चेक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णु प्रसाद शर्मालाई हस्तान्तरण गरिएको हो ।
अक्षय कोषको रकम शाईन रेसुङ्गा बैंकको मुद्दती खातामा राखीएको छ। सोही
अक्षय कोषको ब्याजबाट प्राप्त रकम बुवा आमा गुमाएका गरिब तथा दुखि विद्यार्थीहरुलाई सहयोग गर्ने मापदण्ड बनाईएको छ ।