स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

 माघ १ , गुल्मी ।

स्याङ्जाको कालीगण्डकी–७ आँधीमुहान ड्यामको भित्री सडक खण्डमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

कालीगण्डकी जयपतेबाट माघे सक्रान्तीको अवसरमा रिडि गइरहेका ग १ ख ४१५० नम्बरको बसले आज बिहान स्थानीय ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट बोटेको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *