रिडीमा हुने भजन महोत्सवको तयारी पुरा

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा हुने भजन महोत्सवको तयारी पुरा भएको छ ।

विवाहपञ्चमीको अवसरमा महोत्सव तथा प्रतियोगिता गर्न लागिएको प्रा.लिका सञ्चालक चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो । 

लोप हुन लागेका लोक भजनहरूको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले सनातन हिन्दु धर्म, संस्कार र संकृतिका रूपमा रहेको लोक भजन संरक्षणका महोत्सव गर्न लागेको बताउनुभयो । 

भजनको संरक्षण गर्न रिडीमा भजन महोत्सव हुन लागेको हो । रुरु धार्मिक सेवा सञ्चार प्रालिले यही पुस १ गते भजन महोत्सव तथा शिखासूत्र भजन प्रतियोगिता गर्न लागेको जनाएको छ ।

युवा पुस्ता विदेश पलायन हुने र पाका पुस्ताबाट भजन हस्तान्तरण नहुँदा भजन लोप हुँदै गएको आयोजकको भनाई छ । भजन महोत्सवमा विभिन्न जिल्लाबाट सहभागी हुने प्रा.लिका सञ्चालक विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

महोत्सवमा अन्य धार्मिक यज्ञ तथा प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *