चैत्र १ , गुल्मी ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले अब हप्ताको ३ दिन उडान गर्ने भएको छ ।
यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्ससँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिनुभयो ।
नगर प्रमुख पन्थीका अनुसार, अब गुल्मीकाे रेसुंगा विमानस्थलमा साप्ताहिक तीन उडान हुनेछन् । उहाँले कठोर मिहिनेत र पटक-पटकको छलफलपछि आगामी सोमबारबाट रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक तीन उडान गर्ने सहमति भएको बताउनुभयो । नेपाल एयरलाइन्सले अहिल्लेसम्म साप्ताहिक दुई पटक (प्रत्येक बुधबार र शुक्रबार उडान) गरिरहेकाे थियो ।
अबदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उडान थप भएकोले अब आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दु:ख र समस्याको केही हदसम्म समाधान हुने विश्वास लिएकाे बताउनुभयो । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने समेत नगरपालिका प्रमुख पन्थीले जानकारी दिनुभयो ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको पन्थीले बताउनुभयो ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटोबाट विमानस्थल पुग्न सकिन्छ ।