चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्न रुरुक्षेत्र गाउँपालिका गुल्मीको आग्रह

नेपालीहरुको दोस्रो ठुलो महान पर्व शुभ दिपावली सुरु भए सङ्ग्सङ्गै कार्तिक कृष्ण पक्षको औँशी अर्थात सोमवार(हीजो) देखी ठाउँठाउमा देउसी भैलो खेल्न सुरु भएको छ।

गुल्मीका विभिन्न स्थानमा पनि यतिवेला तिहारको चहलपहल बढीरहेको छ। जिल्लाको बलेटक्सार बजारमा सयपत्रि फुलको माला किन्ने देखी तिहारको लागि आवश्यक पर्ने सामान किन्नेहरुको घुँईचो लागेको छ।

यसैबिच,रुरुक्षेत्र गाउँपालिकाले चाडपर्व मनाउँदा समाजको संस्कृति,परम्परा,मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले चाडपर्व मनाउँदा पटाका,प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन,ओसारपसार,बिक्री वितरण तथा प्रयोग नगर्न र मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न आग्रह गर्नु भएको छ । साथै तिहारमा देउसी,भैलो खेल्दा जनजीवनमा असर पर्ने गतिविधि नगर्न र मौलिकता फैलाउन समेत आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *