नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

आज बसेको मन्त्रीपरिषदको बैठकले नेपालमा भिडियो शेयरिङ एप टिकटक बन्द गराउने निर्णय गरेको छ।

पछिल्लो समय टिकटकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिहरु बढ्दै गएकाले टिकटकमाथी प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको र कार्यान्वयनमा जान प्राबिधिक रुपमा केही समय लाग्ने सन्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ।

यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *