पौष २९,गुल्मी ।
गुल्मी पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र रिडिमा लाग्ने माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
रुरु फ्रेन्डस क्लबको मुख्य आयोजना र एफ.सी रिडिको सहआयोजना तथा रुरु स्थित आदा दर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा लाग्ने माघे सक्रान्ति मेला यसवर्ष माघ १ देखि ६ गते सम्म महोत्सवकै रुपमा रुरु क्षेत्रमा लाग्ने भएको क्लबका अध्यक्ष सोभित थापाले बताउनुभयो ।
तीन जिल्लाको संगममा स्नान गरि भगवान हृषीकेशको दर्शन गर्नाले देब ऋण, पित्री ऋण र ऋषि ऋण बाट मुक्त भैइने हुनाले रुरु धाममा भक्तजनहरु आइ स्नान गरि दर्शन गर्दछन ।
नेपालकै चारधाम मध्येको एकधामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि स्वदेश तथा विदेशका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरु प्रकाश दुतराज, रचना रिमाल,खेमा सेन्चुरी, कुसल बेल्बासे, विशाल रायमाझी, शिलु भट्टराई,हरिमाया रायमाझी,नारायण वि.पि परियार,बसन्त लम्साल, निर्मला थापा मगर, पवन परियार, मन्जु भण्डारी,लालु माया कुवर, विष्णु सिंजाली,विष्णु सिर्पाली यस्तै हास्य कलाकारहरु उज्ज्वल गिरी, विष्णुजी पाण्डे माइला बा, कमल वमदेव, विजय वमदेव, पुर्सोत्तम भण्डारी पुर्खे बा,सुमित भट्टराई लगायत दर्जनौ कलाकार सँगै बबिता डान्स ग्रुप बुटवलको समेत प्रस्तुती रहनेछ ।
जेठी,माइली र कान्छी संक्रान्तिका रुपमा मनाइने मेला यस वर्ष ६ दिनसम्म चल्नेछ । मेलाको लागी रिडी बगरमा गुल्मी, पाल्पा र स्याङ्गजा अस्थायी पसलहरु साथै रुपन्देही, कपिलवस्तु ,दाङ्ग, नवलपरासी, अर्घाखाँची, बाग्लुङ्ग,प्युठान,पर्वत, रोल्पा,रुकुम, हुम्ला ,जुम्ला लगाएतका स्थानबाट विभिन्न स्थानीय उत्पादन लिएर व्यापार गर्न आउने गर्दछन ।
मेलामा काम्लो, राडीपाखी,ओखर, घाँजी, जडीबुटी, नाङ्गलो, बाँस बाट बनेका हस्त सामाग्री, न्यानो कपडा , टिमुर , सुन्तला खुदो, गुण ,अचार, सिद्रा लगायतका सामग्री बिक्रीका लागि राखिन्छ ।
साथै मेला संगै गंगा आरती (गन्डकी आरती)पनी हुने गण्डकी आरती मुलसमितीका सचिव चिरन्जिवी ज्ञावालीले जनकारी दिनु भयो ।
रुरु क्षेत्र गाउँपालिकाको कार्यलय संरक्षक रहने मेलामा रुरु क्षेत्र १ को कार्यलय,रुरु टोल बिकास संस्था , उद्योग बाणिज्य संघ शाखा कार्यलय रिडि, सप्त चण्डी महिला समूह, चेतनशील महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था , कालिका आमा समूह, भैलेनी आइन आगन साँझ , ब्याडमिन्टन क्लब, रुरु क्षेत्र गण्डकी आरती संचालन तथा व्यवस्थापन समिति, जनजागृती आमा समुह र जनसेवा आमा समुह सहयोगी संस्थाहरुका रुपमा रहने छ्न ।
साथै माघे संक्रान्ती मेलाको अवसर पारी गुल्मीको रुरुक्षेत्र गाउँपालिका रिडिमा जिल्ला स्तरिय कृषि मेला प्रदर्शनी हुने भएको छ ।
रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना तथा प्रधानमन्त्री कृषि आयोजनाको सहआयोजनामा कृषि प्रदर्शनी मेला लाग्ने भएको हो ।
यहीँ पौष २९ गतेदेखि माघ ३ गतेसम्म संचालन हुने कृषि प्रदर्शनी मेलामा गुल्मी जिल्ला भित्रका कृषकहरुले आफूले उत्पादन गरेको कृषिजन्य बस्तुहरुको साथमा रैथाने बालीको समेत प्रदर्शनी गराउन सक्ने छन ।
मेलामा उत्कृष्ट हुने कृषकलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ