
साबित्रा पौडेल, पौष २७ गुल्मी ।
गुल्मीको रिडिमा लाग्ने माघे संक्रान्ती मेलामा गायिका रचना रिमाल आउने भएकी छिन ।
यहीँ माघ १ गतेदेखि ६ गतेसम्म लाग्ने माघे संक्रान्ती मेलामा आफ्नो सांस्कृतिक प्रस्तुति दिनको रिमाल माघ ४ गते आउने भएकी हुन ।
उनले सामाजिक संजाल फेसबुकमा भिडियो अपलोड गर्दै आफू आउन लागेको जानकारी दिएकी हुन ।
साथै उनले पायक पर्ने सबैक लागि मेला भर्न समेत अनुरोध गरेकी छिन ।