मंसिर २७ गुल्मी
लुम्बिनी प्रदेश सरकारले महिला निजामती कर्मचारीहरुलाई महिनावारी (पिरियड) मा बिदा दिने भएको छ।
प्रदेश सभाबाट पारित मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो ।
प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।
महिलाहरुलाई दिने विभिन्न बिदाहरु मध्ये अब प्रदेशले महिनावारी बिदा दिने निर्णय गरेको छ महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ ।