गुल्मीदरबार गाउँपालिका पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

चैत ३० , गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिका पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।

गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षता एवं गुल्मी जिल्ला खोप समन्वय समिती अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख दोर्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई आज एक कार्यक्रमकाबिच पुर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

कार्यक्रममा पुर्ण खोप प्रमाणीकरण भएका ७ वटै वडालाइ वडाध्यक्ष , स्वास्थ्य चौकी प्रमुख , खोप कार्यकर्ता र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ गाउँपालिका अध्यक्ष थापाले संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरि सहभागी सम्पुर्ण सहभागिहरुलाइ टीका , खादा एवं मालाद्वारा सम्मान गर्नुभएको थियो ।

सबै वडा प्रमाणिकरण भएसङ्गै विशेष समारोहकै बिचमा जिल्ला खोप समन्यव समितिको सचिबालयद्वारा गुल्मीदरबार गाउँपालिकालाइ पुर्ण खोप सुनिश्चित गाउँपालिकाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालद्वारा पुर्ण खोप सुनिश्चित गर्नको लागि गरिएका क्रियाकलापहरु समेटेर तयार पारिएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगा , प्रमुख प्रशासकिय अधिकृत राजिब पन्थी , राष्ट्रीय जनमोर्चाका अध्यक्ष थमन बहादुर बस्नेत , गुल्मीदरबार गाउँपालिकाका प्रभाक्ता शालिक टन्डन , सामाजिक विकास समितिका संयोजक मुकेश थापा , स्वास्थ्य कार्यालय गुल्मिका भेक्टर कन्ट्रोल निरिक्षक श्रीकृष्ण भट्टराई , बलिथुम स्वास्थ्य चौकिका प्रमुख दिल बहादुर थापा र महिला स्वास्थ्य स्वयंसेविका लिला थापा लगायतले खोपको महत्व उल्लेख गर्दै पुर्ण खोप सुनिश्चित वडा तथा पालिका बनाउनको लागि योगदान पुर्याउने सबै प्रती धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सन्चालन स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *