गुल्मीको रुरुक्षेत्रमा रहेको देवदत्त पार्क विधिवत रुपमा दर्ता

साबित्रा पौडेल , चैत ३० गुल्मी ।

नेपालको चार धाम मध्येको गुल्मीको रुरुक्षेत्र धाममा रहेको देवदत्त पार्क विधिवत रुपमा दर्ता भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको पवित्र धाम देवदत्त ऋषिले तपस्या गरेको तथा रुरु कन्या जन्मेर तपस्या गरेको उक्त पार्क (देवदत्त पार्क) विधिवत रुपमा बुधबार दर्ता भएको हो ।

पार्कको पार्कका अध्यक्ष हिमाल श्रेष्ठ र सचिव माधवप्रसाद ज्ञवालीले संयुक्त रुपमा दर्ता गराउनुभएको थियो ।

पार्कको दर्ता गर्दै अध्यक्ष श्रेष्ठले पार्कललाई धार्मिक , ऐतिहासिक तथा पुरातात्त्विक संग्राहलयको रुपमा अगाडि बढाउने बताउनुभएको थियो । उहाँले देवदत्त पार्कमा तेत्तीसकोटी भगवानको मुर्तिको स्थापना गर्ने बताउनुभयो ।

रुरुक्षेत्रमा विशेष गरि कात्तिके एकादशी , द्धादशी र माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ ।

कात्तिक शुक्ल द्वादशीका दिन भगवान प्रकट भएको मानिन्छ । त्यहि तिथिमा पाल्पाली राजा मणि मुकुन्द सेनले मन्दिर बनाई गण्डकीमा भेटिएका ऋषिकेशको शिलालाई मन्दिरमा स्थापना गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *