गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

 चैत्र ३० गुल्मी:

गुल्मीको छत्रकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपन गाउँपालिका घोषणा भएको छ । 

आज एक औपचारिक कार्यक्रमका साथ स्वास्थ्य कार्यालय गुल्मिका भेक्टर कन्ट्रोल निरिक्षक श्रीकृष्ण भट्टराईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाले प्रत्येक वर्ष सम्पूर्ण प्रक्रिया पुरा गरी पूर्णखोपसुनिश्चित्ता र दियोपन पालिकाको रुपमा
घोषणा गर्दै आएको र यस वर्ष पनि सम्पुर्ण प्रक्रिया पुरा गरी गाउँपालिका पूर्णखोप सुनिस्चितता गाउँपालिका बन्न सफल भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पोखरेलले उल्लेख गर्नु भयो ।

गाउँपालिकाले गाउँपालिकाभित्र रहेका २९ वटा खोप क्लिनिक बाट सरकारले नियमित रुपमा प्रदान गर्ने खोप सेवा निरन्तर संचालन गरेको छ ।

गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि गएको फागुन महिनाको ४ गते गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरुको मासिक समिक्षा बैठकबाट आवश्यक प्रक्रिया संचालनका लागि कार्ययोजना तयार गारिएको थियो ।

नियमित खोप सुदृढिकरण र पूर्णखोप सुनिश्चितता सम्बन्धी पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण तथा वडा स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण समयमै सम्पन्न भएको थियो ।

यस्तै पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम गाउँपालिकाका सबै स्वास्थ्यसंस्थाले आफ्नो सेवा क्षेत्रमा निर्देशित अनुसुचि १ बमोजिम १५ महिना मुनिका बालबालिकाहरुको खोपको सुचि लाईन लिस्टिङ गर्ने र अनुसुचि ६ अनुसार १६ महिना देखि ५ बर्षमुनिका बालबालिकाहरुको घरधुरी सर्वेक्षण गर्ने कार्य फागुनमै सम्पन्न गरेको थियो ।
जसान्तर्गत गाउँपालिकाभित्र रहेका १६ देखि ५९ महिनाका एक हजार २१ जना बालबालिकाहरुले राष्ट्रिय खोप कार्यक्रम
अनुसार १५ महिना भित्र पुरा गर्नु पर्ने सबै खोप लगाएका छन ।

यस्तै गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुले डाटा समायोजन गरी वडा स्तरमा शुलभ सर्वेक्षण गरी वडा खोप समन्वय समितिको बैठक बसी वडा लाई पूर्णखोप प्राप्त गरेको सुनिश्चितता गरी वडालाई पूर्णखोप प्रमाणीकरण र घोषणाको लागि पत्राचार समेत गरेका थिए ।

चैत २६ गते पालिका स्तरमा खोप समन्वय समितिको बैठक बसि प्रकृया पुरा गरेका सबै वडालाई पूर्णखोप घोषणाका अनुमति दिने जिल्ला खोप समन्वय समितिलाई गाउँपालिकाले पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणाका लागि अनुमति प्राप्त गर्न पत्राचार गरेको थियो ।

जिल्ला खोप समन्वय समितिको प्राप्त स्वीकृत प्राप्त बमोजिम छत्रकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पोखरेलको भनाई छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुन, वडा अध्यक्षहरु, राजनितीक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी लगायतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *