गुल्मीको चारपालामा सम्पन्न एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा ३२६ जना लाभान्वित

साबित्रा पौडेल , चैत ३० गुल्मी ।

गुल्मीमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नं ६ चारपालमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर बिहिवार सम्पन्न भएको हो ।

शिविरमा ३२६ जना बिरामीले सेवा लिएका छन । सेवा लिएकामध्ये २३० जना महिला र ९६ जना पुरुष रहेका छन ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय र साझा हस्पिटल रुपन्देही ८ बुटवलको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो ।

शिविरमा महिलारोग बिशेषज्ञ सेवा , हाडजोर्नी तथा नसारोग बिशेषज्ञ सेवा , फेमिली फिजिसियन सेवा , सुगर परिक्षण , निदान गरिएको रोगको नि:शुल्क औषधी वितरण सेवा लगायतका सेवा प्रदान गरिएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीले बताउनुभयो ।

शिविर बिहीवार इश्वरी मन्दिराको प्राङ्गणमा बिहान ८ बजेदेखी सुरु भएको थियो ।

शिविरमा डाक्टर प्रदिप कुमार श्रीवास्तव , डाक्टर लक्ष्मण शर्मा , डाक्टर जीवन थापा , डाक्टर कृष्ण खनाल , डाक्टर संगिता पाण्डे , डाक्टर नियम मुसलमान , डाक्टर प्रवेश्वर घिमिरे , डाक्टर विकास अर्याल लगायत साझा हस्पिटल प्रा लि बुटवल र गुल्मी अस्पातलमा कार्यरत बिशेषज्ञ डाक्टरले सेवा प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *