विश्वका शक्ति राष्ट्रको नजर नेपालमा : उपमहासचिव ज्ञवाली

 पुस २७ गते ।

 नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपालमा केही हुन्न भन्ने निराश रोक्नुपर्ने बताउनुभएको छ। 

नेपाल अब बन्दैन भन्ने निराश भएर युवा विदेश जानेक्रम तीव्र भएकाले नेपालमा पनि सम्भावना छ भन्ने  बनाउन सबै लाग्नु पर्ने बताउनुभयो।

नेपालको अर्थतन्त्र निकै कमजोर अवस्था रहेको उहाँको भनाइ छ ।

बिहीबार सन्धिखर्कमा पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकतालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कर्मचारीको तलब, निर्माण व्यवसायीले काम गरेको रकमसमेत भुक्तानी गर्न नसक्ने अवस्था रहेको बताउनुभयो।

नेता ज्ञवालीले नेपाल अहिलेसम्मकै जटिल मोडमा रहेको बताउनुभयो। देशका सबै क्षेत्र कमजोर अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ ।

नेता ज्ञवालीले बलिया विश्वका शक्ति राष्ट्रले नेपाललाई प्रयोग गर्न प्रयासरत रहेको बताउँदै,नेपाल कुनै देशमा कित्तामा नगई आफ्नो स्वाभिमानको रक्षामा लाग्नु पर्ने बताउनुभयो ।

बेथितिका विरुद्धमा एमाले जोडदार तरिकाले उठाउन अलि कम भएको स्वीकार गर्दै जनताका मागलाई सम्बोधनमा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारण राख्नुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *