जेठ २९, गुल्मी । नेकपा (एमाले) गुल्मीको १२ औँ जिल्ला अधिवेशन आजदेखी सुरु हुँदैछ । दुई दिन सम्म चल्ने अधिवेशनको
सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीले जनाएको छ ।
जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको लागि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, गुल्मी जिल्ला इन्चिार्ज सूर्य थापा केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागिता रहने छ ।
यस्तै, अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने नेकपा एमाले गुल्मीका सचिव एबं प्रचार प्रसार बिभाग प्रमुख गणेश श्रीपालीले बताउनुभयो ।
अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । नेकपा एमाले गुल्मीमा १० हजार बढी संगठीत सदस्य रहेको एमालेले जनाएको छ ।