रैनादेवी छहरा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा/भुवन रायमाझी:

रैनादेवी छहरा गाउँपालिकाले आर्थीक वर्षमा सम्पादन गरेका योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम गुनासो लिएर पुग्नु भएका छहराका मान बहादुर थामी भुवनपोखरीका किशोर कुमार कँडेल पत्रकार माधव प्रसाद अर्याल, कृष्ण पोखरेल,लगाएतले हार्थोक छहरा मोटर बाटो बनाउन,छहरामा सार्वजनिक सौचालय निमार्ण गर्न तिलक थान पार्कलाई गाउँपालिको पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न,कृषीमा बितरण मुखी बजेट भन्दा अनुदानमा आधारीत बजेट बितरण गर्न सुझाव तथा गुनासा राखेका थिय ।

उठेका जिज्ञासाहरुको जवाफ दिदै प्राविधिक प्रमुख किसोर खनाल लेखा अधिकृत लिलामणी बस्याल,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले रचनात्मक सुझाव बाट गाउँपालिकाको बिकास अगाडी बढ्ने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई स्थानीय निकायवाट सञ्चालित विकास कार्यक्रम उपलब्ध सेवा, सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्वन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्नका लागी रैनादेवी छहराले पालिका यस्ता कार्यक्रमको आयोजना गरेको बताउदै नागरिक स्तरका गुनासालाई पालिकाले सम्बोधन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने उपाध्यक्ष युवराज थापाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सबै वडाका वडाध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरु, शाखाका प्रमुखहरू पाल्पाका पत्रकारहरू माधव प्रसाद अर्याल, कृष्ण पोखरेल, सन्तोष गहतराज लगायतको उपस्थिति रहेको थियो ।

सेवाग्राहीहरूलाई प्रदान गरिने सेवाको सम्बन्धमा पृष्ठपोषण लिने र कार्यप्रगति विवरण जानकारी गराउने उद्देश्यका साथ रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको भएता पनी स्थानीय उपभोक्ता र स्थानीयहरुको उपस्थीत भने न्युन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *