२७ माघ गुल्मी/अनिल खत्री ।
गुल्मीको रुरु गाउँपालिका-२ मा स्थानीय ६२ वर्षका हिमबहादुर कामी मृत अवस्थामा फेला परेका छन् ।
गत माघ २५ गते घरबाट हिँडेका उनी घडलङ डाँडास्थित गोरेटो बाटो भन्दा २ सय मिटर तल मृत अवस्थामा फेला परेका गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
घटना स्थलमा प्रहरी नायब निरीक्षक हरिबहादुर थापाको कमाण्डमा प्रहरी खटिएको छ ।
मृत फेला परेका कामीको शवलाई पोष्टमार्टमका लागि गुल्मी जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।