
बैशाख २८ , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्थामा विद्युतीय आपुर्ती व्यवस्थापन सूचना प्रणाली eLMIS को शुरुवात गरिएको छ
यही बैशाख २६ गतेदेखि आजसम्म ३ दिन गाउँपालिकाभित्रका ६ वटै स्वास्थ्य संस्थाका १२ जना स्वास्थ्यकर्मीलाई eLMIS सम्बन्धी तालिम प्रदान गरिएको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट सिस्टम संचालनका लागी ६ वटै वडालाई User ID र पासवर्ड समेत प्राप्त भएको छ ।
यस्तै सबै स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थाको मेडिसीन ,औजार उपकरण लगायत समपूर्ण जिन्सी सामानहरुको अभिलेख राख्ने ,माग फारम,हस्तान्तण फारम,दाखिला रिपोर्ट,खरिद आदेश लगायत दैनिक मौज्दात र खर्चको अभिलेख विधुतिय विधीबाट हुनेछ ।
३ दिनको तालिम संचालनका लागि पब्लिक हेल्थ इन्सपेक्टर दिपक पाण्डे र मनोज पौडेलले सहजीकरण गर्नु भएको थियो ।
तालिमको समापन सत्रमा छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले तालिमको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोडदिनु भएको छ ।
समापन कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले सबै स्वास्थ्य संस्थामा eLMIS को सुरुवात पछि आवश्यक औषधीको कमी रहने समस्या हट्ने बताउनुभयो ।
कार्यक्रमको व्यस्थापन स्टाफ नर्स मुना राना सर्तुङ्गेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सि.अ.हे.व. सपना टण्डनले गर्नु भएको थियो ।