कपिलवस्तुको मायादेवीमा खेतको गहुँ जलेर नष्ट

२८ चैत, गुल्मी।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ ।

बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी हरि ओलीले पाँच जना किसानको करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *