छत्रकाेट देवालय मन्दिरको १२३औं वार्षिकोत्सब बैशाख १ गते, हुगाँकाे भजन कृतन रहने

चैत्र २७ गुल्मी/दिपा पन्थ:

छत्रकाेट देवालय मन्दिर छत्रकाेट ३ चाेयगा गुल्मीको १२३औं वार्षिकोत्सब भव्यताका साथ मनाइने भएको छ ।

प्रत्येक वर्ष वैशाख १ गते अर्थात नव वर्ष सँगै मनाइने उत्सव यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।
शुभकामना आदान प्रदान सँगै पुजा पाठ, रुद्रीपुजा, छत्रकाेट १ हुगाँकाे भजन कृतन सहित १२३ दिप प्रजव्लन गरि वार्षिकउत्सव मनाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै चैतेदशैको दिन वैशाख ४ गते पण्चवली पुजा,दुर्गा पाठ ,सराँय नाँच,खुडाँ नाँच, ढाल नाँच र लाैराे नाँच सहित फुलपाति विसर्जन गरिने भएको छ ।
वैशाख ११ गते हनुमान जयन्तीकाे अबसरमा राम सीता हनुमान मन्दिरमा हनुमान पुजा लगायतका कार्यक्रम गरिने मन्दिर व्यवस्थापन समितिले बताएको छ ।
यस देवालयमा बडा दशैमा दुर्गा पुजा सहित कोजाग्रत पुर्णिामाको दिन पनि विशेष मेला लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *