गुल्मीको रिडीमा राष्ट्रिय अध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता संचालन हुदै

साबित्रा पौडेल, मंसिर २४ गुल्मी ।

गुल्मीको रिडीमा राष्ट्रिय अध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ।

खेल स्वास्थ्यको लागि खेलाडी राष्ट्रको लागि भन्ने नाराका साथ रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा रुरु ब्याडमिन्टन क्लब रुरुक्षेत्र गाउँपालिका १ रिडीको सहआयोजनामा यहि मङ्सिर २८ र २९ गतेदेखि प्रतियोगिता सुरु हुनेछ।

अध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ ए लेबल ब्याडमिन्टन प्रतियोगिता, सि लेबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता लगायतका खेलहरु संचालन हुनेछन् ।

जस अन्तर्गत ए लेबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र, द्वितीय हुने समूहलाई नगद रु. ३० हजार मेडल, ट्रफी र प्रमाण तथा तृतीय हुने समूहलाई नगद रु. २० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक विवेक शर्माले जानकारी दिनुभयो।

सि लेबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद रु. ३० हजार, २० हजार र १५ हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रामु शर्माले बताउनुभयो।

यस्तै खुल्ला भेट्रान्स प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. ३० हजार मेडल, ट्रफी र प्रमाणपत्र द्वितीय हुने समूहलाई नगद रु. २० हजार मेडल, ट्रफी र प्रमाणपत्र र तृतीय हुने समूहलाई नगद रु. १५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

रुरु सभाहल तथा कभर्ड हल रुरुक्षेत्र गाउँपालिका १ रिडी गुल्मीमा यहि मङ्सिर २८ र २९ गतेदेखि सुरु हुने प्रतियोगिताहरुमा सहभागीता जनाउनको लागि मङ्सिर २७ गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्नुपर्ने सचिव सुन्दर खासुले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *