
साबित्रा पौडेल, मंसिर २२ गुल्मी ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ।
गाउँपालिकाको वडा नम्बर १ रिडीबाट मङ्सिर १६ गतेबाट सुरु गरिएको एकीकृत घुम्ती शिविरको वडा नम्बर ६ रिमुवामा शुक्रबार समापन गरिएको हो ।
गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य बमोजिम गाउँपालिकाले सबै वडाहरूमा सञ्चालन गरिएको शिविरबाट १ हजार ३ सय ३६ जना नागरिक लाभान्वित भएका छन्।
जसअन्तर्गत रिडीमा सम्पन्न शिविरबाट ८१ जना नागरिक लाभान्वित भएका छन् । भने मङ्सिर १७ गते दुई नम्बर वडा कार्यालय ग्वादीमा शिविर सञ्चालन गरिएको थियो ।
सम्पन्न शिविरमा १८९ जना नागरिकले सेवा लिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
यस्तै मङ्सिर १८ गते थानपतिमा सञ्चालन गरिएको शिविरबाट १९७ xजना नागरिक लाभान्वित भएका उहाँले बताउनुभयो ।
शिविरको चौथो दिन गाउँपालिकाको ४ नम्बर वडा कार्यालय बलेटक्सारमा सम्पन्न शिविरमा ३०३ जना नागरिकले सेवा लिएका छन्। भने वडा नं ५ बम्घामा सम्पन्न शिविरमा २७४ जना नागरिक लाभान्वित भएका गाउँपालिकाका उपाध्यक्ष मीनादेवी गौतमले जानकारी दिनुभयो ।
यस्तै वडा नं ६ रिमुवामा हिजो सम्पन्न सम्पन्न शिविरबााट २९२ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले घुम्ती शिविर मार्फत योजना सम्झौता व्यवसाय दर्ता नवीकरण अपाङ्गता परिचय पत्र वितरण जेष्ठ नागरिक परिचयपत्र वितरण स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा आयुर्वेद सेवा, माटो परीक्षणको लागि नमुना सङ्कलन कृषि तथा पशुपंक्षी सम्बन्धी सेवा लगायतका गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु प्रदान गरिएको थियो।