राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

चैत २७ , गुल्मी ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको प्रदर्शनमा प्रहरीले धेरै धरपकड र दमन गरेको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा मागेका हुन्। ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ। अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ,’ उनले भने।

राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो। झडपमा परेर केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् भने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनकारीको भिडलाई शान्त पार्न प्रहरीले केही थान अश्रृ ग्यास र पानीको फोहोराको प्रयोग गरेको थियो। अहिलेपनि सिंहदरबार अगाडिको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *