गुल्मीको पल्लिकोटमा भएको स्वास्थ्य शिविरबाट २२८ जना महिला लाभान्वित

गुल्मी २४/दिपा पन्थ:

गुल्मीको छत्रकोट गाउँपालिकाको पल्लिकोट स्वास्थ्य चौकीमा संचालन भएको महिला सम्बन्धी स्वास्थ्य शिविर प्रभावकारी भएको छ । आज मंगलबार संचालन भएको शिविरमा जम्मा २२८ जना महिलाहरुले सेवा लिएका छन ।

जसमा निःशुल्क भिडियो एक्सरे सेवा ११५जनाले, पाठेघरको मुखको स्क्रिनिङ सेवा ४८ जनाले र परिवार नियोजन सम्बन्धी इम्प्लान्ट सेवा ८४ जनाले लिएका छ्न ।

स्वास्थ्यकर्मी डाक्टर विवेक बिराट खनाल, स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेल र सि.अहेव सपना टण्डन गरि १५ जना स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले उद्घाटन गर्नुभएको शिविरमा वडा नम्बर २ का अध्यक्ष नरेन्द्र पल्ली लगायत वडा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *