प्रधानमन्त्री ‘प्रचण्ड’ गुल्मी आउने कार्यक्रम स्थगित, अब चैतको पहिलो हप्ता आउनुहुने

फागुन २५ , गुल्मी ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ को गुल्मी आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण केही समयका लागि स्थगित भएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसीले बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह स्थापना दिवसको अवसरमा फाल्गुन २७ गते रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने, धुर्कोट गाउँपालिकाले वर बोटमा निर्माण गरेको सहिद पार्कको पनि उद्घाटन गर्ने, तथा गुल्मीको रिडीमा अवस्थित नेपालको एक मात्रै तिन मुखे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

फागुन २९ गते  राष्ट्रिय सभाको अध्यक्ष पदका लागि  निर्वाचनका लागि  उहाँ रोकिएको जिसीको भनाई छ । त्यसै गरी भर्खरै बिस्तार गरेको मन्त्री परिषदबाट विश्वासको मत लिएपछि मात्रै  चैतको पहिलो हप्ता गुल्मी आउने कार्यक्रम तय भएको उहाँको भनाई । गुल्मीमा हुने भनिएका ३ वटै कार्यक्रमलाई पनि चैत पहिलो हप्तासम्मका लागि स्थगित गरिएको जिसीले जानकारी  दिनुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *