मातातिर्थ औँसीको अवसरमा गुल्मीको रिडीमा महा आरती गरिदै

साबित्रा पौडेल , बैशाख २५ गुल्मी ।

हरेक बैशाख कृष्ण औँसीका दिन मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन मनाइन्छ ।

यस दिन बिहान सबेरै स्नान गरी आफूलाई जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ ।

आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन ।

यसैबीच दिवंगत आमाको सम्झनामा गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रुरुक्षेत्र गाउँपालिका १ रिडीमा गण्डकी महा आरती गरिने भएको छ ।

कालीगण्डकी नदिमा माघ महिनादेखी नै गण्डकी आरतीको सुरुवात गरिएको र भोलि मातातिर्थ औँसीको अवसरमा बिशेष आरतीको आयोजना गरिएको गण्डकी आरतीका सचीव चिरञ्जीवी ज्ञवालीले बताउनुभयो ।

गण्डकी आरतीमा आमाहरु दिवंगत भएका सङ्गसङ्गै अरुले पनि सम्पर्क गर्न सक्नेछन ।

बैशाख कृष्ण औँसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले कालीगण्डकी नदिमा स्नान गरि तर्पण दिन सक्ने उहाँको भनाई छ ।

साथै महा आरतीमा इच्छुकले पुजा गर्नको लागि आवश्यक पर्ने सामाग्रीहरु पनि सहयोग गर्न सक्नेछन् ।

मातातिर्थ औँसीका दिन देशका विभिन्न स्थानमा मेला लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *