ईश्वरी बस्याल असोज २० / छत्रकोटका कच्ची सडकमा यात्रा गर्ने यात्रुले अब केही राहत पाउने भएका छन् । वर्षातका कारण बिग्रेभत्केका सडक गाउँपालिकाले तत्काल मर्मत गर्ने भएको छ । चाडपर्व नजिकिएसंगै आम नागरिको यात्रा सजिलो बनाउन सडक मर्मत गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र सुचिकृत निर्माण व्यवसायीबीच भएको छलफलमा मौसमको अवस्था अनुसार यथाशीघ्र काम शुरु गर्ने निणर्य भएको छ ।
“वर्षा तथा पहिरोबाट भएको क्षतिको लगत संकलन गरी वडा तहबाट प्राप्त स्टेमेटबमोजिम तत्काल काम शुरु हुन्छ” प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले भन्नुभयो, “मौसमी अनुकुलताका लागि १ / २ होल्ड गरेका हौं । आकस्मिक तथा अत्यावश्यक ठाउँमा भने गाउँपालिकाकै मेशिन फिल्डमा खटिएको छ ।”
इन्जिनियर पुस्कर खनालका अनुसार सडक सन्जाल क्षेत्र वडा अनुसार फरक पर्ने र क्षति समेत सबै वडाहरmमा फरक हुने भएकाले लागतमा पनि फरक पर्नेछ ।
पालिकाका छ वडामध्ये वडा नं ३ मा सडक सन्जालको दुरी बढी र वडा नं ६ सबैभन्दा कम सडक संजाल भएको वडा हो । वर्षाले बिगारेको बाटो सोहोर्न यसपटक करिब ४० लाख पैयाँ खर्च हुने प्राविधिक अनुमान छ ।
गाउँपालिका स्रोतका अनुसार मौसमी अवस्था हेरी ६ वटै वडामा एकसाथ काम हुँदैछ । आकस्मिक अवरोध हटाइ सडक सन्चालन गर्न गाउँपालिकाले नै एउटा मेशिन खरिद गरी अत्यावश्यक प्रयोजनमा प्रयोग गर्दै आएको छ ।
“वर्षायाममा ग्रामीण सडक पटक पटक अवरुद्ध भइ समस्या पर्ने भएकोले त्यसको समाधानका लागि एउटा मेशिन तयारी अवस्थामा राख्ने गरेका छौं ” अध्यक्ष पाण्डेयले भन्नुभयो-” सानातिना अवरोधले यात्रुलाई दुख नहोस् भनेर तुरुन्त ‘रेस्पोन्स’ गर्ने व्यवस्था मिलाएका छौं,त्यो मेशिन अहिले पनि फिल्डमै छ ।”
मनसुनी गतिविधिका कारण प्रत्येक वर्ष ग्रामीण कच्ची सडक बिग्रने गरेका छन् ।