पाल्पा- अर्घाखाँचीको रुटका यातायात व्यवसायी आन्दोलित, भोलिदेखि अनिश्चितकालीन बन्दको घोषणा

ईश्वरी बस्याल असोज २० / पाल्पा अर्घाखाँचीको रुटका यातायात व्यवसायी आन्दोलित भएका छन् । निजी सवारीसाधनले गैरकानुनी रुपमा यातायात क्षेत्र अस्तव्यस्त बनाएको भन्दै विरोध स्वरुप भोलिदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

निजि तथा साना सवारीले मनाेमानि ढंगले गाडी चलाएको र भाडावाला सवारी मारमा परेको भन्दै गाडी बन्द गर्ने निर्णय गरेका छन।

पाणिनी हुदैँ सालझण्डी, बुटबल, पाल्पा जाने गाडी बन्द गरेको श्रीनगर यातायात व्यवसायी प्रा.लिका वर्गिय संयाेजक गोपाल पौडेलले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Wordpress Social Share Plugin powered by Ultimatelysocial