साबित्रा पौडेल, मंसिर २० गुल्मी।
घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीले नि:शुल्क तालिम संचालन गर्ने भएको छ।
कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार सीपमूलक तथा व्यावसायिक तालिम संचालन गर्ने भएको हो।
कार्यालयले एक सुचना जारी गर्दै सुचना प्रकाशन भएको १५ दिन भित्र नि:शुल्क तालिम लिन लुम्बिनी प्रदेशभित्र स्थायी रुपमा बसोबास गरेका इच्छुक उद्यमी तथा व्यक्तिहरुले कार्यालयमा उपस्थित भइ आवेदन दिन सक्नेछन।
तालिममा कृषि सम्बन्धि तथा विभिन्न प्रकारका सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिने घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीले जनाएको छ।