सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बाजुरामा बाटैमा बच्चा जन्मियो

मंसिर २०:

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माउनु भएकाे छ ।

बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरी जन्माउनु भएकाे हाे ।

सुत्केरी व्यथा लाग्ने बित्तिकै रोकाया एक्लै मंगलवार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमै छोरी जन्माउनु भएकाे स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिनुभयो ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा एकदेखि दुईजना महिला बाटोमै सुत्केरी हुने गरेकाे बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दा पनि सुत्केरी महिला मर्ने क्रम नरोकिएको उहाँको भनाइ थियो । बाजुराका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको खड्काले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *