साबित्रा पौडेल, मंसिर २० गुल्मी।
गुल्मीमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ।
जिल्लाको चन्द्रकोट गाउँपालिका -७ रुपाकोटमा एक दिने निशुल्क सुगर परिक्षण तथा बाथरोग सम्बन्धी शिविर संचालन हुने भएको हो।
रुपाकोट युवा क्लबको आयोजनामा यहीँ पुष ७ गते,जनता आधारभूत बिधालय रुपाकोट सोतामा शिविर हुन लागेको हो।
नेशनल बाथरोग सेन्टर बुटवल शाखाको प्राविधिक सहयोगमा रुपाकोट युवा क्लबले देउसी भैलो कार्यक्रम बाट उठेको रकम बाट शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो।
शिविरमा निशुल्क बिरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा, निशुल्क औषधि वितरण, निशुल्क रगतमा बाथको परिक्षण, यु्रिक एसिडको परिक्षण,बाथरोग संक्रमणको परिक्षण तथा सुगर रोग सम्बन्धी सम्पुर्ण सेवाहरु प्रदान गरिने शिविरका संयोजक कपुर भण्डारीले बताउनुभयो।