गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थीर

मंसिर २०, गुल्मी।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ ।

मङ्गलबार नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनु भएको हो।

गृहमन्त्री क्षेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको थियो ।
एन्जियोप्लास्टी सर्जरीपछि गृहमन्त्री क्षेष्ठको सघन उपचार कक्षमा उपचार जारी रहेको बताइएको छ ।
अहिले उहाँको स्वास्थ्य अवस्था स्थीर रहेको डाक्टरले बताएका छन्।

यसैबिच, गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुग्नुभएको छ।
प्रचण्डले उपचाररत गृहमन्त्री श्रेष्ठलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *