रिडिमा यस वर्षको माघे संक्रान्ति मेला १ गते देखि ६ गते सम्म लाग्दै

दिपा पन्थ, पौष २१गुल्मी ।

गुल्मी पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा लाग्ने माघे संक्रान्ति मेला यस वर्ष पनि लाग्दैछ ।

रुरु फ्रेन्डस क्लबको मुख्य आयोजना र एफ.सी रिडिको सहआयोजना तथा रुरु स्थित आदा दर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा लाग्ने माघे सक्रान्ति मेला यसवर्ष माघ १ देखि ६ गते सम्म महोत्सवकै रुपमा रुरु क्षेत्रमा लाग्ने भएको क्लबका अध्यक्ष सोभित थापाले बताउनुभयो ।

तीन जिल्लाको संगममा स्नान गरि भगवान हृषीकेशको दर्शन गर्नाले देब ऋण, पित्री ऋण र ऋषि ऋण बाट मुक्त भैइने हुनाले रुरु धाममा भक्तजनहरु आइ स्नान गरि दर्शन गर्दछन ।
नेपालकै चारधाम मध्येको एकधामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि स्वदेश तथा विदेशका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ । जेठी,माइली र कान्छी संक्रान्तिका रुपमा मनाइने मेला यस वर्ष ६ दिनसम्म चल्नेछ ।
मेलाको लागी रिडी बगरमा गुल्मी, पाल्पा र स्याङ्गजा अस्थायी पसलहरु साथै रुपन्देही, कपिलवस्तु ,दाङ्ग, नवलपरासी, अर्घाखाँची, बाग्लुङ्ग,प्युठान,पर्वत, रोल्पा,रुकुम, हुम्ला ,जुम्ला लगाएतका स्थानबाट विभिन्न स्थानीय उत्पादन लिएर व्यापार गर्न आउने गर्दछन ।

मेलामा काम्लो, राडीपाखी,ओखर, घाँजी, जडीबुटी, नाङ्गलो, बाँस बाट बनेका हस्त सामाग्री,
न्यानो कपडा , टिमुर , सुन्तला खुदो, गुण ,अचार , सिद्रा लगायतका सामग्री बिक्रीका लागि राखिन्छ ।
साथै रुरु क्षेत्र गाउँपालिकाले कृषि मेला पर्दशनीको आयोजना गरेको छ ।

रुरु क्षेत्र गाउँपालिकाको कार्यलय संरक्षक रहने मेलामा रुरु क्षेत्र १ को कार्यलय,रुरु टोल बिकास संस्था , उद्योग बाणिज्य संघ शाखा कार्यलय रिडि, सप्त चण्डी महिल समूह, चेतनशील महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था , कालिका आमा समूह, भैलेनी आइन आगन साँझ , ब्याडमिन्टन क्लब, रुरु क्षेत्र गण्डकी आरती संचालन तथा व्यवस्थापन समिति, जनजागृती आमा समुह र जनसेवा आमा समुह सहयोगी संस्थाहरुका रुपमा रहने छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *