सुनको मूल्य अहिलेसम्मकै उच्च , तोलामा १ लाख २३ हजार पुग्यो

फागुन २२, गुल्मी ।

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ अहिलेसम्मकै उच्च अर्थात प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ।

यसअघि हिजो (सोमबार) १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको हो । यसअघि गएको पुस १२ गते सबैभन्दा बढी १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा एक हजार चार सय १० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँ बढेर एक हजार चार सय ४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *