रिडी गुल्मीमा बृहत रक्तदान कार्यक्रम, ६० पोका रगत संकलन

साबित्रा पौडेल , माघ २२ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रुरु फ्रेण्ड्स क्लब रिडीको आयोजना तथा रुरु जनसेवा पोलिक्लिनिक रिडीको सहआयोजना र नेपाल नियमित रक्तदान संघ जिल्ला शाखा रुपन्देहीको प्राविधिक सहयोगमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रम आज रुरुजनसेवा पोलिक्लिनिक रिडीमा संचालन भएको थियो ।

रुरुक्षेत्र गाउँपालिका १ रिडीमा संचालित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रुरु जनसेवा पोलिक्लिनिकका संचालक विकाश पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा उहाँले रक्तदानको महत्व र फाईदाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोवित थापाले रक्तदान गरि कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गरेकोमा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद दिनुभएको थियो ।

यस्तै नियमित रक्तदाता संघ रुपन्देही शाखाका अध्यक्ष अशेष सिलवालले मन्तव्य राख्दै यस्तो पुण्य कामका लागि सहयोग गर्नुहुने रिडी क्षेत्रका सबैलाई धन्यवाद दिनुभएको थियो ।

रक्तदान कार्यक्रमको संचालन समाजसेवी चिरञ्जीवी ज्ञवालीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *