ग्यास प्रयोग र आगलागी हुनबाट बच्न रुरुक्षेत्रमा सचेतना कार्यक्रम हुँदै

माघ २२,गुल्मी/साबित्रा पौडेल:

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा खाना पकाउने एलपी ग्यास प्रयोग र आगालागी हुनबाट बच्नको लागी प्रशिक्षण तथा सचेतना कार्यक्रम हुने भएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय र संग्राम शार्दुल गुल्म ,धागिथुम ब्यारेक गुल्मीको समन्वयमा प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

प्रशिक्षण तथा सचेतना कार्यक्रम गाँउपालिकाका सबै वडामा संचालन हुनेछ ।

खाना पकाउने ग्यासको सुरक्षीत प्रयोग तथा आगालागीबाट जोगिनको लागि गर्नुपर्ने उपायका बारेमा जानकारी दिनको लागी कार्यक्रमको आयोजना गरिएको हो ।

सिलिन्डर पड्केर दुर्घटनाहरू निम्तिएपछि त्यसको सुरक्षित प्रयोगबारे चर्चा हुने गरेको छ।

स्मरण रहोस् :

गत बर्ष काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा सिलिन्डर पड्केर यसै क्षेत्रका कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको थियो भने सांसद भण्डारी घाइते हुनुभएको थियो ।

त्यस घटनामा घाइते भएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि मुम्बईमा लगेर गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *