गुल्मीमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सेवा सञ्चालन हुने

पुष २० गुल्मी ।

गुल्मीमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सेवा सञ्चालन हुने भएको छ । युनिसेफको साझेदारीमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा गुल्मी अस्पतालमा पेनप्लस क्लिनिक सेवा सञ्चालनमा आउन लागेको हो ।

नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाइलेटिङ प्रोजेक्ट अन्तर्गत नेपालको चार वटा प्रदेशकाे चार वटा जिल्लामा नसर्ने रोगको पेनप्लस क्लिनिक सञ्चालन हुने भएको हो । यो सेवा शुरु भएपछि अस्पतालमा आउने गम्भीर तथा नसर्ने कडा रोगका बिरामी लाभान्वित हुनेछन् ।

क्लिनिकबाट अति गरिब र विपन्न नागरिकका लागि निःशुल्क रूपमा स्वास्थ्य बीमा गरिदिनुका साथै अन्य ठूला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरूकाे सबै खर्च बेहाेरेर उपचार गर्ने व्यवस्था रहेकाे क्लिनिककी मेडिकल अधिकृत रेनुका थामीले बताउनुभयो ।

यस्तै गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *