रुरुक्षेत्रले ५० प्रतिशत अनुदानमा “भकारो तथा खोर सुधार ” गर्ने

साबित्रा पौडेल, मंसिर १८ गुल्मी।

रुरुक्षेत्र गाउँपालिका गुल्मीले “भकारो तथा खोर सुधार” गर्ने भएको छ।

गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत “भकारो तथा खोर सुधार कार्यक्रम” अन्तर्गत किसानहरुको लागि ५० प्रतिशत अनुदानमा भकारो तथा खोर सुधार गर्न लागेको हो।

गाउँपालिकाले एक सुचना निकाल्दै भकारो तथा खोर सुधार गर्न लागेको जानकारी दिएको छ।

भकारो तथा खोर सुधार यहीँ मंसिर २९ गतेसम्म गाँउपालिकाको पशु विकास शाखा तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरि ईच्छुक कृषक/कृषक समुह/कृषी सहकारी/कृषि फर्महरुले सम्पर्क गरि आवेदन दिन सक्ने गाउँपालिका अध्यक्ष यदु ज्ञवालिले बताउनुभयो।

जसको लागि गाई/भैंसी कम्तिमा १ वटा तथा बाख्रा कम्तिमा ५ वटा माउ हुनपर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो।

भकारो/खोर प्राविधिक लागत अनुमान अनुसार गराउनु पर्ने र यसअघि भकारो/खोर सम्बन्धि अन्य संघसंस्थाबाट कुनै पनि सेवा सुबिधा नलिएको हुनुपर्ने सुचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *