सुनको मुल्य लगातार बढ्दै, तोलामा १ लाख २१ हजार ६ सय पुग्यो,

मंसिर १८, गुल्मी।

सुनको मुल्यले आज फेरी नयाँँ रेकर्ड कायम गरेको छ।

सुन आज तोलामा ८ सय रुपैयाँले बढेर तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको छ।

सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो। यसअघि आईतबार सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ। सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले बताउनुभयो।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ।
चाँदी आज तोलामा हिजोको जस्तै एक हजार ५ सय ४५ रुपैयाँमा किनबेच भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *