चन्द्रकोटमा अपाङ्गता भएका व्यक्तिको कानुनी अधिकार विषयक अन्तरकिर्या कार्यक्रम सम्पन्न

मंसिर १८, गुल्मी।

३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस “दिग‍ो विकाश लक्ष्य प्राप्तीको प्रतिवद्धता: अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ गुल्मीको चन्द्रकोट गाउँपालिकामा हिजो विविध कार्यक्रम का साथ मनाईएको छ।

दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको संबैधानिक र कानुनी अधिकार विषयक अन्तरकिर्या कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जोखवहादुर महराको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष युवराज खत्रीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवम् पालिका स्तरिय अपाङ्गता समन्वय समितिका संयोजक विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, पालिका स्तरिय अपाङ्गता समन्वय समितिका सदस्यहरू, चक्रेश्वर अपाङ्ग सेवा समितिका सदस्यहरू, अपाङ्गता भएका व्यक्तिहरू, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालले अपाङ्गता भएका व्यक्तिहरूको कानुनी र संबैधानिक हक र अधिकारका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो। कार्यक्रम संगै पालिकाले संचालन गरिरहेको एकीकृत घुम्ती सेवा अन्तर्गत वडा नं. ४ बाट हुने सेवा समेत प्रवाह गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *