सहकारीलाई उद्देश्यानुरुप संचालन गर्नुपर्छ : अध्यक्ष ज्ञवाली

चैत २२, गुल्मी ।

सहकारी दिवसको अबसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सहकारीलाई केबल संचालक समितिमा रहनको लागी मात्र नभई उद्देश्यअनुरुप सहकारी संचालन गर्नको लागी कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाभित्र वित्तीय साक्षरता सहितको सहकारीमा सबै आवद्ध हुनेपर्नेमा जोड दिदैँ गाउँपालिकाले विभिन्न संघसंस्थासँग छलफल गरेर सबै ठाउँमा वित्तिय साक्षरताको पहुँच पुर्याउने बताउनुभयो ।

उहाँले अबको कारोबारलाई बिधुतिय कारोबार गर्नेगरी पछिल्लो प्रविधिलाई प्रयोग गरेर अघी बढ्ने बताउनुभयो।

गाउँपालिका अध्यक्ष ज्ञवालीले सहकारीलाई सुशासनयुक्त र प्रविधिमैत्री बनाउनुपर्ने बताउदैँ उद्धेश्यअनुरुप संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाले अब रुरु कृषि परियोजना नामको करिब परियोजना संचालन गर्न लागेको बताउदैँ सहकारीमार्फत समाजको मुहार फेर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले दिवसको नारा “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” माथी प्रकाश पार्नुभएको थियो ।
उहाँले गाउँपालिकाभित्र उत्पादन भएका कृषिजन्य सामग्रीलाई सहकारीको माध्यमबाट बजारीकरण गर्नको लागी सहज हुने बताउनुभयो ।

यस्तै कार्यक्रमको संचालक तथा सहकारी शाखाका प्रमुख दामोदर ज्ञवालीले हाल भइरहेको बिश्वको राष्ट्रको र समग्र गुल्मीको सहकारी संस्थामा देखिएको परिवर्तन बारे प्रष्ट पार्नुभएको थियोे ।

गाउँपालिकाले मंगलबार “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नारासहित ६७ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ सम्पन्न गरेको हो ।

गाउँपालिकाले दिवसको अवसरमा गाउँपालिका भित्रका अन्तर सहकारी संस्थाहरुबीच सहकारीता सम्बन्धि गीत तथा नृत्य प्रतियोगिता ,वित्तिय साक्षरता , संस्थाका समस्या तथा समाधान सहित अन्तरक्रिया तथा विविध कार्यक्रमको आयोजना गरेको थियो ।

गाउँपालिका भित्रका अन्तर सहकारी संस्थाहरुबीच सहकारीता सम्बन्धि गीत तथा नृत्य प्रतियोगितामा नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुरुक्षेत्र गाँउपलिका ४ रानीबास प्रथम भएको थियो ।
सभापति आर्थिक बिकास समन्वय समितिका घनश्याम अर्याल रहनुभएको कार्यक्रममा प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली रहनुभएको थियोे ।

यस्तै बम्घा दुग्ध उत्पादक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका ५ बम्घा द्धितिय तथा रुरु साना किसान सहकारी संस्था लिमिटेड तृतीय भएका थिए । भने चेतनशील महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सान्त्वना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *