फागुन २१, गुल्मी ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो ।
त्यस अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।