गुल्मीदेखि बुटवल जादैँ गरेको जिप दुर्घटना, १ महिलाको मृत्यु, ७ जना घाइते

जेठ २१, गुल्मी ।

गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

बलेरो आज बिहान ८:५५ बजेको समयमा गुल्मीको कालीगण्डकी गाउँपालिका ४ ओक्याङ स्थित भित्री कच्ची सडकमा चन्द्रकोट गाउँपालिकाबाट पूर्तिघाट तर्फ जाँदै गर्दा दुर्घटनामा परेको खुलेको छ बलेरो आफै अनियन्त्रित भई सडक देखि ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिनुभयो ।

उक्त गाडीमा आठजना सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जसमध्ये एकजना महिलाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेकी ३२ वर्षकी कमला बुढाथोकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, घाइते हुनेहरूमा चालक २९ वर्षीय केशव राना , सत्यवती गाउँपालिका ८ भार्सेकी ३७ वर्षकी रिता छन्त्याल , सही ठाउँ कै चार वर्षीया इरिसा छन्त्याल , २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर कला, ४६ वर्षीय दूरपति बराल र २३ वर्षीय मेख बराल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था मध्यम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *