गुल्मीमा आजदेखि आइपिभी खोप अभियान सञ्चालन हुँदै

जेठ २१, गुल्मी ।

गुल्मीमा आजदेखि यही जेठ २८ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुँदैछ ।


जिल्लामा खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका मात्र पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र आइपिभी खोप लगाइने लक्ष्य राखिएको छ ।

गुल्मीमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत झण्डै ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो भाइरसविरुद्धको आइपिभी खोप लगाइने भएको हो ।

गुल्मी जिल्लामा ३९२ खोप केन्द्रमा १० हजार ८१० जना बालबालिकालाई आइपिभी खोप लगाइने भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *