दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ढुङमामुनि लुकाइराखेको यो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले यसअघि जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो । चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।